logo
२०७७ कार्तिक ६ बिहीवार

नेशन्स लिगमा स्पेनको स्वीटजरल्याण्डमाथि जित

खेलकुद |


2020-10-11-24487
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २५ गते । स्पेनले नेशन्स लिगमा स्वीटजरल्याण्डमाथि जित हात पारेको छ । झिनो अन्तरको जितसँगै स्पेन नेशन्स लिगको आफ्नो समूहमा शिर्ष स्थानमा रहन सफल भएको छ ।
गए राति मड्रिडमा सम्पन्न खेलमा स्पेनले स्वीटजरल्याण्डमाथि १–० को जित हात पार्यो । स्पेनको जितमा रियल सोसिडाडका फरवार्ड मिकेल ओयर्जबलले पहिलो हाफको सुरुवातमै गर्नुभएको गोल नै निर्णायक हुन पुग्यो । उहाँले खेलको १४ औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिणत भयो ।
समूह डीमा रहेको स्पेनले तीन खेलबाट सात अङ्क बटुलेर शिर्ष स्थानमा रहेको छ । जर्मनी भने तीन खेलबाट पाँच अङ्क बटुलेर दोस्रो तथा यूक्रेनले एकमा जित र स्वीटजरल्याण्डले एउटै खेल जित्न सकेको छैन् ।
नेशन्स लिगमा गए राति नै सम्पन्न अन्य खेलहरुमा लक्जमवर्गले साइप्रसमाथि २–० र मोन्टेनेग्रोले अजरबैजानमाथि २–० को जित हात पार्यो । त्यसैगरी, फरोइ आइसल्याण्डले लात्भियालाई १–१ को बराबरीमा रोक्दा अन्डोराले माल्टासँग गोलरहित बराबरी खेल्यो । जर्मनीले यूक्रेनमाथि २–१ को जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?