logo
२०८० चैत्र १५ बिहीवार



खर्च अभावमा दुबै मिर्गाैला फेल भएकी वालिका एक वर्षदेखि छट्पटाउँदै

प्रदेश |


खर्च अभावमा दुबै मिर्गाैला फेल भएकी वालिका एक वर्षदेखि छट्पटाउँदै
किड्नीले काम नगरेपछि थलिएकी अञ्जली



प्रेम अधिकारी
पशुपतिनगर(इलाम), असोज ४ गते । टाटीले बारेको घर । माटो झरेर टाटीमात्रै हुन लागेको घरमा तीन छोराछोरी र छ वर्षदेखि प्यारलाईसिसले थलिएकी श्रीमती । दैनिक जयालादारी गरेर पेट पाल्ने सूर्योदय नगरपालिका १० का टीकाराम तामाङको गरिबी बयान गरेर साध्य छैन ।

त्यहीमाथि सात वर्षकी छोरी अञ्जली तामाङमा लागेको ‘कडा रोग’को पीडाले उनलाई पिरोल्नुसम्म पिरोलेको छ । डाक्टरले एकवर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएका बताए पनि उहाँले उपचार गर्न सक्नुभएको छैन । अहिले खुट्टादेखि टाउको सम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल भद्रपुर झापा पु¥याएपछि नोवेल अस्पताल विराटनगरका लागि रिफर गरियोे ।

स्थानीयको सहयोगमा नोवेल अस्पताल विराटनगर पु¥याएपछि ‘डाइलोसिस नथाम्ने भन्दै फिर्ता गरेपछि बाबु टीकारामको छट्पटी झनै थपिएको थियो । पछिल्लो समय अञ्जलीलाई मेची अञ्चल अस्पतालबाट आइतबार घर ल्याइएको छ ।
बुबा टीकारामले भन्नुभयो ‘छरछिमेकले जुटाई दिएको पैसाले आइतबार काठमाडौं लैजाने तयारी छ ।’ ‘चिनेको छैन जानेको छैन कसरी उपचारमा लैजाने केही उपाय छैन ’ टीकारामले दुःखेसो पोख्नुभयो ।

६ वर्षदेखि एउटा खुट्टो नचल्ने टीकारामकी श्रीमती सुमित्रा तामाङलाई घर भित्रबाहिर गर्न पनि समस्या छ । छोरीको पीडाले उहालाई झनै कमजोर बनाउँदै छ ।
जसोतसो पेट पाल्न ज्यालादारी गर्ने टीकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त हुनुहुन्छ । छोरीको मिर्गाैला जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन । उहाँ भन्नुहुन्छ ‘लाउँला खाउँला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आशा गरेको छु । तामाङ परिवारले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कलस्थित कृषि विकास बैकमा खाता समेत खोलेका छन् । तामाङले कृषि विकास बैंकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?