logo
२०८१ बैशाख १२ बुधवार



सर्जिओ अगुएरो टोलिमा फर्किने अझै अनिश्चित

खेलकुद |


सर्जिओ अगुएरो टोलिमा फर्किने अझै अनिश्चित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३ गते । म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जिओ अगुएरो प्रिमियर लिगको सुरुको दुई महिनासम्म सहभागी नहुने सम्भावना बढेको छ । बर्नली विरुद्धको गत् २२ जुनमा सम्पन्न खेलमा घुँडामा चोट लाग्दा अगुएरो बाहिरिन पुग्नुभएको थियो । सिटिको घरेलु प्रतियोगिताको अन्तिम दश खेलमा समेत आर्जेन्टिन खेलाडी अगुएरो सहभागी हुन पाउनुभएन ।
सिटिका व्यवस्थापक पेप गार्डिओलाले आगामी नोभेम्बरसम्म पनि अगुएरो सञ्चो हुने सुनिश्चित हुन नसकेको बताउनुभयो । अगुएरोको सट्टामा टोलिमा बोलाइएका गेब्रिएल जिससले १२ खेलमा पाँच गोल गर्नुभएको छ । गार्डिओलाका लागि विकल्पका रुपमा नयाँ अनुबन्धित फेरन टोरस पनि हुनुहुन्छ । यद्दपी उहाँ प्राथमिकतामा नपर्ने र रहिम स्टर्लिङलाई ‘फल्स नाइन’को भूमिकामा राखिने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?