logo
२०८० चैत्र १५ बिहीवार



नेयमारमाथि दुई खेलको प्रतिबन्ध

खेलकुद |


नेयमारमाथि दुई खेलको प्रतिबन्ध
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १ गते । पेरिस सैन्ट जर्माइनका फरवार्ड नेयमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । आइतबार सम्पन्न खेलमा नेयमारले मरसिलिका खेलाडी अल्भारो गोञ्जालोजसँग खराब आचरण प्रस्तुत गरेको भन्दै उहाँमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो ।
ब्राजिली खेलाडी नेयमारले भने गोञ्जालोजले सामाजिक सञ्जालमा नश्लभेदी टिप्पणी गरेको आरोप लगाउनुभएको छ । र त्यसको अनुसन्धानका लागि आग्रह गर्नुभएको छ । गोञ्जालेजले नेयमारको दाबी अस्वीकार गर्नुभएको छ । उक्त खेलमा पाँच जना खेलाडीले रातो कार्ड पाएको थियो । सेन्ट जर्माइनका डिफेन्डर लेभिन कुर्जवालाई छ खेलको लागि निलम्बन गरिएको छ ।
अर्का खेलाडी लिओनार्दो पारेड्समाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । मरसिलिका जोर्डन अमाबीलाई तीन खेलको लागि निलम्बन गरिएको छ । डारिओ बेनेडेट्टो तीन खेल बाहिर बस्नुपर्नेछ ।
फ्रान्समा ब्यवसायिक फुटबल सञ्चालन गर्ने निकाय लिग डे फुटबल प्रोफेशनलले नेयमारको दाबीबारे अनुसन्धान गर्ने जनाएको छ । उक्त खेलमा पेरिस सैन्ट जमाईन मरसिलिसँग १–० ले हार बेहोरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?