logo
२०८१ बैशाख १३ बिहीवार



जर्मनीका जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा

खेलकुद |


जर्मनीका जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । जर्मनीका अलेक्जेण्डर जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुग्नुभएको छ । स्पेनका पाब्लो कर्रेनो बुस्टालाई सेमीफाइनलमा हराउँदै उहाँ यू एस ओपनको फाइनलमा पुग्नुभएको हो ।
कर्रेनो बुस्टाले पहिलो दुई सेट जितेपछि पाँचौं वरियताका जेभ्रेभले खेल हार्न लागेको अनुमान गरिएको थियो । तर २३ वर्षीय जेभ्रेभले बाँकीको तीनवटै सेट आफ्नो पक्षमा पार्दै नतिजा उल्टाउन सफल हुनुभयो । उहाँले ३–६, २–६, ६–३, ६–४ र ६–३ को सेट हात पार्दै कर्रेनोलाई पाखा लगाएर पहिलो पटक ग्राण्ड स्लामको फाइलनमा स्थान सुनिश्चित गर्नुभयो ।
आइतबार हुने फाइनलमा जेभ्रेभले दोस्रो वरियताका अष्ट्रियाका डोमिनिक थिमको सामना गर्नुहुनेछ । डोमिनिक थिमले दोस्रो सेमीफाइनल खेलमा तेस्रो वरियताका रुसी डेनिल मेदवेदेभलाई पराजित गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?