logo
२०८१ बैशाख १३ बिहीवार



पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित

खेलकुद |


पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल १९ रनले जितेको छ । जितसँगै तीन म्याचको एकदिवसीय श्रृखंलामा ऊ १–० को अग्रता लिएको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २९५ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पुरा ५० ओभर खेलेपनि नौ विकेटको क्षतिमा २७५ रनमा सीमित हुन पुग्यो । इंग्ल्याण्डका लागि साम विलिंग्सले ११८ र जोनी बैरिष्टले ८४ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । ५७ रनमै चार विकेट गुमाएको इंग्ल्याण्डका लागि दुबैजनाले पाँचौं विकेटका लागि ११३ रनको साझेदारी गर्नुभयो । अष्ट्रेलियाली बलरहरुमा एडम जाम्पाले सर्वाधिक चार विकेट लिनुभयो । जोश हयाज्लऊडले तीन तथा मिसेल मार्श र प्याट्ट क्युमिन्सले एक एक विकेट लिनुभयो ।
यसअघि म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको अष्ट्रेलियाले पुरा ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २९४ रनको सम्मानजनक योगफल तयार गरेको थियो । अष्ट्रेलियाले ४३ रन जोड्दा ओपनर देविड वार्नर आरोन फिञ्च पेभेलियन फर्किएपछि मार्कस स्टोनिसले ४३ रन बनाएर स्थिरता दिने प्रयत्न गर्नुभयो । २४ औं ओभरमा अष्ट्रेलिया पाँच विकेट गुमाएर मात्र १२३ रन बनाउन सकेको थियो । मिसेल मार्शले ग्लैन म्याक्सवैलसँग छैठौं विकेटका लागि १२६ रनको साझेदारी गर्दा अष्ट्रेलिया सम्मानजनक अवस्थामा पुगेको थियो । मार्शले ७३ र म्याक्सवैलले ७७ रनको पारी खेल्नुभयो ।
इंग्ल्याण्डका लागि मार्क ऊड र जोफ्रा आर्चरले सामान तीन तीन तथा अदिल राशिदले दुई र क्रिस वक्सले एक विकेट लिनुभयो ।
जोश हयाज्लऊड प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?