logo
२०८० चैत्र १५ बिहीवार



निषेधाज्ञापछि जनजीवन ठप्प

प्रदेश |


निषेधाज्ञापछि जनजीवन ठप्प


चितवन, साउन ३१ गते ।  भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार, यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा चल्ने अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीय घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारवाही गरिने उहाँले बताउनुभयो । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकोमा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यही रहने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?