logo
२०८० चैत्र १६ शुक्रवार



फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’

खेलकुद |


फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । नेपाली फुटबल टोलीका सबै खेलाडीको कोरोना सङ्क्रमण परीक्षण ‘निगेटिभ’ आएको छ । अखिल नेपाल फुटबल सङ्घले खेलकुद गतिविधि सुरु गर्ने तयारी स्वरुप सोमबार खेलाडी, प्रशिक्षक तथा आवासका कर्मचारीहरूको कोरोना सङ्क्रमण परीक्षण गरेको थियो ।
एन्फाले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली फुटबल टोलीका सदस्यहरूसँगै २५ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको जनाएको छ । एन्फाका अनुसार टोलीका सदस्यहरू रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रविशङ्कर पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोपटङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पूजर उपरकोटीको स्वाब सङ्कलन गरिएको थियो । टोलीका एघारै जना सदस्यको परीक्षण नतिजा ‘नेगेटिभ’ आएको हो ।
त्यसैगरी, प्रशिक्षक किरण श्रेष्ठ र फिजियो अविष्कार पुडासैनीको समेत स्वाब लिइएको थियो । प्रशिक्षक र फिजियो अतिरिक्त छ जना भान्से, दुई कर्मचारी र चार जना सहयोगीको स्वाब लिइएकोमा कसैकोमा कोरोना सङ्क्रमणको पुष्टि नभएको एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?