logo
२०८० चैत्र १६ शुक्रवार



फुटबल खेलाडीहरूको कोरोना परीक्षण गरिँदै

खेलकुद |


फुटबल खेलाडीहरूको कोरोना परीक्षण गरिँदै
तस्विर सौजन्य – एन्फा


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटबल गतिविधि सुरु गर्नुपूर्व खेलाडी तथा टोली सदस्यहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । एन्फाले सुन्दर ढोका साथी सेवाको सहकार्यमा खेलाडीमा कोरोना परीक्षण गराएको हो ।
एन्फाका अनुसार सोमबार बिहान ११ जना खेलाडीसहित दुईजना टोली सदस्य र १२ जना खेलाडी आवासका कर्मचारीहरूको कोरोना परीक्षण गरिएको छ । यसअघि गत बिहीबार एन्फा परिसर जीवाणुनाशक औषधिले निर्मलीकरण गरिएको थियो । विश्वकप र एसिया कप छनोटको तयारीका लागि खेलाडीहरू प्रशिक्षणमा जान लाग्नुभन्दा पूर्व स्वास्थ्य प्रोटोकलको पालना गरिएको एन्फाले जनाएको छ ।
नेपालले विश्वकप र एसिया कप छनोट खेलको लागि चाइनिज ताइपेइसँगै असोज २२ गते, अष्ट्रेलियाविरुद्ध असोज २७ मा र जोर्डनसँग कात्तिक २७ गते खेल्नेछ । तीनवटै खेलको आयोजना नेपालले नै गर्नेछ ।
विश्वभरि कोरोना महामारीको प्रकोपका बीच रोकिएको नेपाली फुटबल गतिविधि पाँच महिनापछि सुरु हुँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?