logo
२०८१ बैशाख १३ बिहीवार



आईपीएलको प्रायोजकबाट चिनियाँ कम्पनी भिभो बाहिरियो

खेलकुद |


आईपीएलको प्रायोजकबाट चिनियाँ कम्पनी भिभो बाहिरियो


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २१ गते । इन्डियन प्रिमियर लिगको शीर्षक अधिकार राखेको चिनियाँ कम्पनी भिभोले प्रतियोगिताबाट हात झिकेको छ । उक्त घटनाक्रम भारत र चीनबीच सीमा क्षेत्रमा गत जुन महिनामा भएका भिडन्तसँग जोडेर अर्थ्याइएको छ ।

भारतले चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर प्रिमियर लिगमा भिभोको प्रायोजनलाई लिएर भारतभित्रै समेत आलोचना हुँदै आएको थियो । भिभोले आईपीएलबाट हात झिकेको सन्दर्भमा इन्डियन प्रिमियर लिग सञ्चालक र स्वयं भिभोले प्रतिक्रिया दिन नचाहेको क्रिकइन्फोले उल्लेख गरेको छ ।

गत जुन महिनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले प्रायोजकबारे पुनरावलोकन गर्ने जनाएको थियो । गत जुन महिनामा प्रिमियर लिगको आधिकारिक ट्वीटर हयाण्डलबाट सञ्चालक समितिले आगामी साता विभिन्न प्रायोजकबारे पुनरावलोकनका लागि बैठक डाकेको उल्लेख गरेको थियो ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार भिभोले सन् २०२२ र २०२३ को संस्करणको प्रायोजन फिर्ता पाउनेछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आगामी केही दिनभित्र प्रायोजकको लागि टेण्डर आह्वान गर्ने तयारी गरेको छ । दुई दिन अघि मात्रै बीसीसीआईका सेक्रेटरी जय शाहले प्रिमियर लिगको आउँदो संस्करण सेप्टेम्बर १५ देखि नोभेम्बर १० सम्म यूएईमा हुने घोषणा गर्नुभएको थियो ।

भिभो अनुबन्धनबमोजिम प्रत्येक टोलीले वार्षिक २० करोड रुपियाँ पाउँदैआएका छन् । भिभोले सन् २०१५ मा पहिलो पटक दुई वर्षका लागि प्रायोजक अधिकार पाएको थियो । अर्को वर्ष भिभोले सन् २०१७ देखि २०२२ सम्मका लागि ३४ खरब दश अर्बमा प्रायोजक अधिकार पाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?