logo
२०८१ बैशाख ११ मंगलवार



पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथिको प्रतिबन्ध घटाइयो

खेलकुद |


पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथिको प्रतिबन्ध घटाइयो
तस्विर–क्रिकइन्फो


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १५ गते । पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । स्वतन्त्र रुपमा गठन गरिएको सर्वोच्च अदालतका न्यायधिक फकिर मोहम्मद खोखर नेतृत्वको समितिले अकमलमाथिको प्रतिबन्ध घटाउने निर्णय दिनुभएको हो ।
लाहोरमा पूर्वन्यायाधीश फकिर मोहम्मदले सुनुवाईपछि अकमलमाथिको प्रतिबन्ध आधाले घटाउने निर्णय दिनुभएको हो । जसअनुसार पाकिस्तानी क्रिकेट टोलीका ब्याट्सम्यान उमर अकमल अब फेब्रुअरी २०२० देखि अगष्ट २०२१ सम्म अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय स्तरमा क्रिकेटको गतिविधिमा सहभागी हुनुहुने छैन् ।
पाकिस्तान सुपर लिगको क्रममा उहाँलाई ‘म्याच फिक्स’ गर्न आएको प्रस्तावबारे सूचना नदिएको आरोपमा उहाँमाथि पाकिस्तान क्रिकेट बोर्डले करिब तीन वर्षको प्रतिबन्ध लगाइएको थियो । उक्त आदेशलाई चुनौती दिँदै अकमलले प्रतिबन्धको समय घटाउन माग गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?