logo
२०८० चैत्र १५ बिहीवार



सिपिएल खेल्न सन्दीप लामिछाने बिहीबार ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्ने तय

खेलकुद |


सिपिएल खेल्न सन्दीप लामिछाने बिहीबार ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्ने तय
तस्विर सौजन्य–सन्दीप लामिछानेको फेसबुक पृष्ठ


काठमाडौँ, साउन १४ गते।
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् ।
कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो । “बिहीबार उड्ने पक्कापक्की छ, अब कुनै द्विविधा छैन”, सिवाकोटीले भन्नुभयो । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । सन्दीपले सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षणका लागि दिएका छन् । परीक्षणको नतिजा आज आउने व्यवस्थापक शिवाकोटीले बताए ।
सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो । सरकारले सहयोग गरेकै कारण सन्दीपको टोबागो यात्रा सहज भएको हो । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।
सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९रु एक करोड ५६ लाख० मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ ।
सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कूल ३३ खेल हुनेछन् । कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइनेछन् । सन्दीप तेस्रोपटक सिपिएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए ।
यस्तै दोस्रोपटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले ६ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?