logo
२०८० चैत्र १६ शुक्रवार



नेयमारको गोलमा पेरिस सेन्ट जर्माइनलाई फ्रेञ्च कपको उपाधि

खेलकुद |


नेयमारको गोलमा पेरिस सेन्ट जर्माइनलाई फ्रेञ्च कपको उपाधि


एजेन्सी
काठमाडौँ, साउन १० गते । पेरिस सेन्ट जर्माइन(पीएसजी)ले फ्रेञ्च कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । केही दर्शकलाई मात्रै रङ्शाला प्रवेशको अनुमति दिइएको खेलमा पीएसजीले सेन्ट–इटिनिमाथि १–० को सङ्घर्षपूर्ण जित हात पार्यो ।
फ्रान्समा कोभिड–१९ को सङ्क्रमण गत अप्रिल महिनामा सुरु भएयता यो पहिलो खेलकुद हो । नेयमारले खेल सुरु भएको १४ औँ मिनेटमा नै गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाउनुभयो । उक्त अग्रता नै पीएसजीलाई उपाधि दिलाउन निर्णायक हुन गयो । लोइक पेरीनले पीएसजीका म्बाप्पेलाई लडाउँदा सेन्ट इटिनि दश खेलाडीमा सीमित हुन पुगेको थियो ।
लडेपछि घाइते हुनुभएका म्बाप्पे रुँदै मैदान छोड्नुभएको थियो । घाइते हुनुभएका म्बाप्पे आगामी अगष्ट महिनाको लागि तय गरिएको च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेल्ने अनिश्चितता बढेको छ ।
नेयमारको गोलले पीएसजीलाई १३ औँ पटक फ्रेञ्च कप प्रतियोगिताको उपाधि दिलाउन सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?