logo
२०८० चैत्र १६ शुक्रवार



दोस्रो टेष्टमा इंग्ल्याण्डको जित

खेलकुद |


दोस्रो टेष्टमा इंग्ल्याण्डको जित
तस्विर–क्रिकइन्फो


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ६ गते । इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट खेल ११३ रनले जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको ३१२ रनको जवाफमा वेष्टइन्डिजले आफ्नो दोस्रो पारीमा मात्र १९८ रन जोडन सकेपछि उसले दोस्रो टेष्टमा हार बेहोर्न पुगेको हो ।

वेष्टइन्डिजका लागि शमाह्र ब्रुक्सले सर्वाधिक ६२ तथा जर्माइन ब्ल्याकउडले ५५ रनको योगदान दिएपनि खेल हार्नबाट जोगाउन सकेनन । दुबैजनाले पाँचौं विकेटको लागि एक सय रनको साझेदारी गर्नुभयो । इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोडले सर्वाधिक तीन तथा क्रिस वक्स, डम बेस्स, बेन स्टक्सले दुई दुई तथा सैम करनले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा नौ विकेटको क्षतिमा ४६९ रनको सम्मानजनक योगफल तयार गरेको थियो । बेन स्टक्सले सर्वाधिक १७६ र डम सिब्लीले १२० रनको योगदान दिनुभयो । दुबैजनाले चौथो विकेटका लागि २५२ रनको साझेदारी गर्नुभयो ।

वेष्टइन्डिजका लागि रोष्टन चेजले सर्वाधिक पाँच तथा केमार रोचले दुई र अल्जाजरी जोसेफ एवम जैसन होल्डरले सामान एक एक विकेट लिनुभयो । जवाफमा वेष्टइन्डिजले आफ्नो पहिलो पारीमा मात्र २८७ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजका लागि ओपनर क्रैग बर्थवैटले सर्वाधिक ७५ तथा शमह्र ब्रुक्सले ६८ र रोष्टन चेजले ५१ रनको योगदान दिनुभयो । पहिलो पारीमा १८७ रनको अग्रता लिएको इंग्ल्याण्डले आफ्नो दोस्रो पारी तीन विकेटको क्षतिमा १२९ रनमा घोषणा गर्दै वेष्टइन्डिज समक्ष ३१२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

खेलको म्यान अफ द् म्याच बेन स्टक्स घोषित हुनुभयो । तीन म्याचको विसडन ट्रफीको दुई टेष्ट सकिएपछि प्रतियोगिता १–१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम टेष्ट खेल शुक्रबारबाट खेलाइनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?