logo
२०८१ बैशाख ८ शनिवार



तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणका लागि उपलब्ध

खेलकुद |


तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणका लागि उपलब्ध
तस्विर–क्रिकइन्फो


एजेन्सी
काठमाडौँ, साउन ५ गते । तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानी टोलीमा समावेश हुने हुनुभएको छ । आफ्नो दोस्रो सन्तानको जन्मलाई लिएर उहाँले इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृङ्खला टार्नुभएको थियो ।
मोहम्मद आमिरकी श्रीमतिले जुलाइ १७ मै दोस्रो सन्तानको जन्म दिनुभएको छ । इंग्ल्याण्डविरुद्धको टी ट्वान्टी श्रृङ्खलाको पहिलो खेल अगष्ट २८ मा म्यान्चेष्टरमा सुरु हुनेछ । प्रमुख चयनकर्ता मिसबाह उल हकलाई हरिस रौफको स्थानमा मोहम्मद आमिरलाई राख्ने बाटो खुलेको छ । इंग्ल्याण्ड प्रस्थान गर्नुअघि सबै खेलाडीले कम्तीमा लगातार दुइ पटक कोभिड–१९ को परीक्षण गराउँदा रिपोर्ट निगेटिभ आउनुपर्ने मापदण्ड तोकिएको छ । तर रौफलाई पछिल्लो छ पटक परीक्षण गर्दा पाँच पटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो । अर्को परीक्षण गर्नुअघि उहाँलाई दश दिनसम्म क्वारेन्टाइनमा बस्न सुझाइएको छ ।
उहाँ गत बुधबार नै इंग्ल्याण्ड प्रस्थान गर्ने तालिका रहेको थियो । अतिरिक्त विकेटकीपर रोहैल नाजिर पनि घर फर्किनुहुन्छ । मोहम्मद रिजवान र सरफराज अहमद टेष्ट र टी ट्वान्टीका लागि पहिलो प्राथमिकताका विकेटकीपर हुन् ।
पाकिस्तानी क्रिकेट टोली गत् जुन २८ मा नै इंग्ल्याण्ड पुगिसकेको छ । श्रृङ्खला सुरु हुनुभन्दा केही साता अघि नै पाकिस्तानी टोली इंग्ल्याण्ड पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?