logo
२०८० चैत्र १५ बिहीवार



इन्डोनेसियामा बाढीले बगाएर १६ को मृत्यु, २३ बेपत्ता

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा बाढीले बगाएर १६ को मृत्यु, २३ बेपत्ता
तस्विर–अलजजिरा


जाकार्ता, असार ३१ गते।
इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।
बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाका नदीहरुमा आएको बाढीका कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।
आइतबार र सोमबार आएको भीषण वर्षाको कारण ती नदीमा बाढी आएको बताइएको छ । बाढीले कैयौँ भवन, सडक र केही गाउँ नै डुबानमा परेको सो समाचारमा उल्लेख छ ।
त्यस बाढीको इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?