logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजलाई ११४ रनको अग्रता

खेलकुद |


इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजलाई ११४ रनको अग्रता
तस्विर–क्रिकइन्फो


एजेन्सी
काठमाडौँ, असार २७ गते । वेष्टइन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा ११४ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले आफ्नो दोस्रो पारीमा बिना कुनै क्षतिमा १५ रन जोडेको छ । ऊ अझै पहिलो पारीमा ९९ रनले पछाडि रहेको छ । इंग्ल्याण्डका लागि रोरी बन्र्स र डम शिब्लीले दिनको खेल अगाडि बढाउनुहुनेछ ।
यसअघि वेष्टइन्डिजले आफ्नो पहिलो पारीमा ओपनर क्रैग ब्रैथवेटको ६५ रनको सहयोग राम्रो सुरुवात गर्न पुगेको थियो । पूछारमा शेन डौरिचको ६१ रनले पाहुना टोलीलाई ३१८ रनको औसत योगफलसम्म पुर्याएको हो । वेष्टइन्डिजका लागि रोष्टन चेजले ४७ रनको योगदान दिनुहुँदै मध्यक्रममा स्थिरत दिनुभयो । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले तीन तथा बेन स्टक्सले चार, डम बेस्सले दुई र मार्क ऊडले एक विकेट लिनुभयो ।
साउथम्पटनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले कमजोर सुरुवात गर्दै ८७ रनमै पाँच विकेट गुमाउन पुग्यो । मध्यक्रममा कप्तान बेन स्टक्सले ४३ तथा जोश बटलरले ३५ रनको पारी खेलेपछि ऊ २०४ रनको योगफलसम्म पुग्न सफल भयो ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले छ तथा शेनन गेब्रिलले चार विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?