logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोभिड सङ्क्रमण निको हुने दर ६१.५३ प्रतिशत

अन्तर्राष्ट्रिय |


भारतमा कोभिड सङ्क्रमण निको हुने दर ६१.५३ प्रतिशत


नयाँ दिल्ली
असार २५ गते । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का सङ्क्रमितहरूको निको हुने दर बढेको जानकारी दिएको छ । मन्त्रालयले भारतमा कोरोना सङ्क्रमणबाट सङ्क्रमितहरूको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको छ ।
गत २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना सङ्क्रमित भेटिएका हुन् । यससँगै भारतमा सङ्क्रमितहरूको सङ्ख्या सात लाख ४२ हजार ४१७ जना पुगेकाे छ ।
चार लाख ५६ हजार ८३० जना सङ्क्रमितहरू निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा दुई लाख ६४ हजार ९४४ जना सङ्क्रमितहरू रहेका छन् । उनीहरूमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन्, २० हजार ६४२ सङ्क्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र ४८२ जनाको ज्यान गएको बताइएको छ । भारतमा कोभिड १९ को सङ्ख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो सङ्ख्या पहिलेको तुलनामा बढ्दैगएको पनि सो मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दैगएको जनाएको छ । साथै पछिल्ला दिनहरूमा परीक्षणको सङ्ख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?