logo
२०८० चैत्र १६ शुक्रवार



चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

खेलकुद |


चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २४ गते । चार महिनामा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । इंग्ल्याण्डको साउथम्पटनमा वेष्टइन्डिजले घरेलु टोलीको सामना गर्दा चार महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन हुनेछ ।
इंग्ल्याण्ड विरुद्धको टेष्ट खेल्न वेष्टइन्डिज क्रिकेट टोली करिब एक महिना अगाडि नै म्यान्चेष्टर पुगिसकेको छ । क्वारेन्टाइनपछि मात्रै नियमित प्रशिक्षण र अभ्यासमा जुटेका खेलाडीहरूमा कोरोना सङ्क्रमणको कुनै लक्षण वा परीक्षणबाट पुष्टि नभएपछि दुवै टोलीले अन्तर्राष्ट्रिय क्रिकेटको लामो अन्तरालपछि सुरुवात गर्दैछ ।
यसअघि मार्च सुरुमा सबैभन्दा पछिल्लो अन्तर्राष्ट्रिय टेष्ट खेलाइएको थियो । इंग्ल्याण्डले भने गत जनवरी महिनायता कुनै टेष्ट म्याच खेलेको छैन । र वेष्टइन्डिजले नोभेम्बर महिनायता टेष्ट क्रिकेट खेलेको छैन ।
पाँच दिवसीय खेलमा कुनै दर्शक उपस्थित रहने छैन । विदेशी अम्पायर रहने छैन । सबै अम्पायर इंग्ल्याण्डकै हुनेछन् । खेलाडीलाई बलमा थुक वा रयाल लगाउन बन्देज लगाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?