logo
२०८१ बैशाख १३ बिहीवार



श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा

खेलकुद |


श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
तस्विर–एएफपी


एजेन्सी
काठमाडौं, असार २२ गते । श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको पानाडुरामा मेन्डिसले हाँकेको गाडीले एकजना साइकल यात्रीको मृत्युपछि नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा घाइते भएका साइकल यात्रीलाई उपचारको लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको थियो । मेन्डिसलाई आगामी ४८ घण्टाभित्र पानाडुरा मजिस्ट्रेट अगाडि उपस्थित गराइनेछ ।
प्रहरीले अनुसन्धान जारी राख्दा मेन्डिस वा साइकल यात्रीमध्ये कसले मदिरा सेवन गरेको सम्बन्धमा खुलाएको छैन् । श्रीलङ्कामा कोरोना सङ्क्रमणको जोखिमका बीच लगाइएको लकडाउन र निषेधाज्ञा समाप्त भएको छ । दुर्घटना हुँदा मेन्डिसलाई सडकमा निस्किन अनुमति दिइएको थियो । मेन्डिस सम्मिलित पलाकेलेस्थित आवासीय प्रशिक्षण शिविर बुधबार समाप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?