logo
२०८१ बैशाख ८ शनिवार



पाकिस्तान क्रिकेट टोलीका दशमध्ये छ खेलाडी कोरोनामुक्त

खेलकुद |


पाकिस्तान क्रिकेट टोलीका दशमध्ये छ खेलाडी कोरोनामुक्त
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीमध्ये छ जना मुक्त भएको जनाएको छ । बोर्डका कार्यकारी प्रमुख वसिम खानले छ जना खेलाडी कोरोनामुक्त भएको बताउनुभएको छ ।
कोरोनाबाट सङ्क्रमित मोहम्मद हाफिज, वहाब रियाज, फखर जमान, शदब खान, मोहम्मद रिजवान र मोहम्मद हसनेनमा पुनः परीक्षण गर्दा कोरोनाको सङ्क्रमण पाइएको छैन् । कशिफ भटी, हरिस रौफ, हैदर अलि र इमरान खानमा कोरोनाभाइरस अझै सक्रिय रहेको खानले प्रष्ट्याउनुभयो ।
बेलायत प्रस्थान गर्नुअघि कम्तिमा दुई पटक परीक्षण गर्दा कोरोनामुक्त भएको देखाएमा मात्रै यात्रा गर्न पाउनेछन् । शनिबारको प्रतिवेदनमा कोरोनामुक्त भएका छ जनै खेलाडीको पुनः परीक्षण गरिनेछ । उक्त परिणामले खेलाडीको बेलायत यात्रा निर्धारण गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?