logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानका कोरोनामुक्त खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्ने

खेलकुद |


पाकिस्तानका कोरोनामुक्त खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीलाई इंग्ल्याण्ड भ्रमण टोलीमा सहभागी नगर्ने भएको छ । पाकिस्तान क्रिकेट टोली इंग्ल्याण्ड विरुद्धको श्रृखंला खेल्न आइतबार म्यान्चेष्टरका लागि प्रस्थान गर्दैछ ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार म्यान्चेष्टर प्रस्थान गर्न लागेका १८ जनै अन्तिम टोलीको परीक्षणमा कोरोनाको सङ्क्रमण पाइएको छैन् । त्यसैगरी परीक्षणपछि कोरोनामुक्त रहेका व्यवस्थापन तर्फका कर्मचारी मात्रै म्यान्चेष्टर प्रस्थान गर्नेछन् ।
इंग्ल्याण्ड क्रिकेट बोर्डले पाकिस्तानबाट म्यान्चेष्टर जाने विमानको व्यवस्था गरेको छ । पाँच जना टोलीका सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनीहरुको स्थानमा बिलाल असिफ, इमरान बट्ट, मोहम्मद नवाज, मोहम्मद मूसा र रोहैल नजिरलाई टोलीमा बोलाइएको छ । पाँचैजनाको परीक्षण गरिएको छ । आइतबार प्रतिवेदन आउने पीसीबीले जनाएको छ । इंग्ल्याण्ड बसाइको क्रममा टोलीका सदस्यलाई प्रत्येक पाँच पाँच दिनमा कोरोनाको परीक्षण गरिनेछ ।
इंग्ल्याण्ड क्रिकेट बोर्डले पनि म्यान्चेष्टरमा अवतरण गर्ने १८ जना खेलाडी र दश जना व्यवस्थापकीयसहित २८ जनाको टोली १४ दिन क्वारेन्टाइनमा बिताउने जनाएको छ । जुलाई १३ देखि खेलाडी प्रशिक्षणका लागि मैदानमा उत्रिनेछन् ।
पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन टेष्ट म्याच, तीन टी ट्वान्टी म्याच खेल्नेछ । सबै खेल दर्शकको अनुपस्थितिमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?