logo
२०८० चैत्र १५ बिहीवार



इटाली सिरि एमा युभेन्टसको सहज जित

खेलकुद |


इटाली सिरि एमा युभेन्टसको सहज जित


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । इटाली सिरी ए मा युभेन्टसले लेच्चेलाई पराजित गरेको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले जारी सिजनको आफ्नो २३ औं गोल पुरा गर्नुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दबाबमा आएको युभेन्टसले लेच्चेलाई ४–० ले पराजित गर्यो । ३१ औं मिनेटमा फाबियो लुचिओनिले रातो कार्ड पाएपछि लेच्चे दश खेलाडीमा सीमित हुन पुगेको थियो । ५३ औं मिनेटमा पाउलो डिबालाले गर्नुभएको गोलले युभेन्टसलाई खेलमा १–० को अग्रता दिलाउँदै राहत दिलायो ।
क्रिष्टियानो रोनाल्डोले ६२ औं मिनेटमा पाउनुभएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । ८३ औं मिनेटमा गोञ्जालेज हिगुइनले पेनाल्टी क्षेत्रभित्रबाट रोनाल्डोको ब्याक फ्लिकलाई गोलमा परिणत गर्नुभयो । दुई मिनेटपछि डी लिग्टले हेडरमार्फत् गोल गर्दा युभेन्टसले लेच्चेमाथि ४–० को जित दत्र्ता गर्न सफल भयो ।
जितसँगै युभेन्टस लिग तालिकाको शिर्ष स्थानमा सात अङ्कको महत्वपूर्ण अग्रता कायम गरेको छ । उसले २८ खेलबाट ६९ अङ्क बटुलेको छ । २७ खेलबाट लाजियोले ६२ अङ्क बटुलेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?