logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना महामारीले रोकिएको प्रिमियर लिग जुन १७ मा सुरु हुँदै

खेलकुद |


कोरोना महामारीले रोकिएको प्रिमियर लिग जुन १७ मा सुरु हुँदै


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १६ गते । बेलायत सरकारको अनुमतिपछि प्रिमियर लिग जुन १७ बाट सुचारु हुने भएको छ । प्रिमियर लिगका ९२ वटा खेल अझै बाँकी नै छ ।

प्रिमियर लिग अन्तगर्त जुन १७ मा हुने पहिलो खेलमा आष्टन भिल्ला र शेफिल्ड यूनाइटेड तथा दोस्रो खेलमा म्यान्चेष्टर सिटि र आर्सनलले स्पर्धा गर्नेछ । बाँकी रहेको सबै खेल बन्द रङ्गशालामा खेलाइनेछन् । सबै खेलको प्रत्यक्ष प्रसारण स्काई स्पोर्ट्स, बीटी स्पोर्टस्, बीबीसी स्पोर्ट्स र एमेजन प्राइममा हुनेछ । सन् १९९२ पछि पहिलोपटक बीबीसी स्पोर्ट्सले चार वटा खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । स्काइ स्पोर्ट्सले ६४ खेलको प्रसारण प्रत्यक्ष गर्नेछ । २५ वटा खेल उसले निशुल्क उपलब्ध गराउनेछ ।

प्रिमियर लिगको खेल सुरु हुन अघि बेलायतले सुरक्षाका मापदण्ड तयार गर्नेछ । प्रतियोगिता सम्पन्न हुन कम्तिमा छ साता लाग्ने बीबीसीले उल्लेख गरेको छ । स्पष्ट २५ अङ्कको अग्रतासहित लिभरपुल शीर्ष स्थानमा छन् । बर्नमाउथ, आष्टन भिल्ल र नर्विच सिटि भने रेलिगेशनमा परेको छ ।

दोस्रो स्थानको म्यान्चेष्टर सिटिले आर्सनल विरुद्धको खेलमा हार बेहोरे लिभरपुलले स्वतः प्रिमियर लिगको उपाधि हात पार्नेछ । पछिल्लो तीन वर्षमा उसको यो पहिलो प्रिमियर लिगको उपाधि हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?