logo
२०७७ असार २८ आईतवार

युवा तथा खेलकुदका लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन

खेलकुद |


2020-05-28-15271


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्षका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयको लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुहुँदै दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेको बताउनुभएको छ ।
सरकारले चालू आर्थिक वर्षमा गरेको बजेट विनियोजन गत आर्थिक वर्षको भन्दा करिब एक अर्ब ६३ करोडले कटौती गरेको छ । यद्यपि चालू आर्थिक वर्षको बजेटमा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको बजेट समेत सम्मिलित थियो । आगामी आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माण तथा खेलकुद ग्राम निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको बजेट घोषणाको क्रममा अर्थमन्त्री डा. खतिवडाले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?