logo
२०८० चैत्र १६ शुक्रवार



धान रोप्ने तयारीका लागि खेत-बारीमा खोकनाका किसान [फोटो स्टोरी]

फिचर |
पढ्नै पर्ने |


धान रोप्ने तयारीका लागि खेत-बारीमा खोकनाका किसान [फोटो स्टोरी]
तस्बिर: सुजन गुरूङ्ग / गोरखापत्र


काठमाडौँ, जेठ १५ गते । सम्पूर्ण देश कोरोना भाइरसको त्रासमा रहेको समयमा किसानहरु भने आफ्नो खेतबारीमा नै व्यस्त रहेका देखिन्छन् । मानो रोपेर मुरी फलाउने किसानहरु यति बेला खेतमा नै देखिन्छन् । धान रोप्ने तयारीका लागि किसानहरु खेत जोत्न, आलितास्न र धानको विऊलाई चर्को धामबाट बचाउनकालागि उनीहरु व्यस्त रहेको छन् ।

कोहि खेत जोति रहेका त कोहि धानको विऊ चर्को धामबाट बचाउनकालागि काम गरिरहेका त कोहि कोहि खेतको झार उखेली खेत सफा गरि रहेको यि सम्पूर्ण दृश्य ललितपुरको दक्षिणी क्षेत्र खोकनाको हो । जहाँ किसानहरु विश्वव्यापी कोरोना महामारीसँगको त्रासलाई जित्दै अर्को महामरी अर्थात् भोकमरीबाट देशलाई बचाउनकालागि आफ्नो खेतमा नै घाम पानी नभनि काममा नै व्यस्त छन् । परम्परागत वस्ती रहेको खोकना वासीको जीवन गुजाराको पहिलो माध्यम नै खेती किसानी हो, मौसम अनुसार खेती गर्नु र घर भित्राउनु नै यहाँका किसानहरुको पहिलो काम हो ।

शब्द/ तस्बिर: सुजन गुरूङ्ग / गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?