logo
२०८१ बैशाख ११ मंगलवार



कोरोना महामारीले म्यान्चेष्टर युनाइटेडलाई करिब तीन करोड युरो घाटा

खेलकुद |


कोरोना महामारीले म्यान्चेष्टर युनाइटेडलाई करिब तीन करोड युरो घाटा


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । म्यान्चेष्टर युनाइटेडले कोरोनाभाइरसको सङ्क्रमणले क्लबलाई करिब दुई करोड ८० लाख युरोको घाटा लागेको जनाएको छ । उसले प्रारम्भिक रुपमा दुई करोड ८० लाख यूरो घाटाको अनुमान गरिएपनि विस्तृत अध्ययनपछि उक्त घाटा प्रारम्भिकभन्दा धेरै बढी हुने अनुमान लगाएको छ ।
म्यान्चेष्टर यूनाइटेडका प्रमुख आर्थिक अधिकारी क्लिफ बैटीले प्रिमियर लिगको सिजन समाप्त भई समय परिवर्तन हुँदा यूनाइटेडले प्रसारकलाई दुई करोड यूरो तिर्नुपर्ने बताउनुभयो । त्यसैगरी, मार्च अन्तिम तीन साताको तीन खेल प्रभावित हुँदा उसले पाउनुपर्ने ८० लाख युरो पाउने खेल नहुँदा पाउने छैनन् ।
कोरोनाभाइरस महामारीको कारण म्यान्चेष्टर युनाइटेडले पूर्वनिर्धारित आफ्नो ११ खेल खेल्न सकेनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?