logo
२०८० चैत्र १६ शुक्रवार



न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको श्रृखंला स्थगित गर्ने

खेलकुद |


न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको श्रृखंला स्थगित गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २३ गते । न्युजिल्याण्डले स्कटल्याण्ड र आयरल्याण्ड विरुद्धको टी ट्वान्टी र एकदिवसीय श्रृखंला स्थगित गर्ने तयारी गरेको छ । न्युजिल्याण्डले एडीनवर्गमा जुन १० र १२ मा एक टी ट्वान्टी र एक अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्ने तालिका रहेको छ ।
क्रिकेट न्युजिल्याण्डले दुई महिनापछिका लागि निर्धारित श्रृखंला नहुने सम्भावना बढेको जनाएको छ । एक एक म्याचको तालिकापछि न्युजिल्याण्डले १९ जुनदेखि २ जुलाईसम्म स्टरमन्टमा आयरल्याण्ड विरुद्ध तीन टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने निर्धारण गरिएको छ । क्रिकेट न्युजिल्याण्डका कार्यकारी प्रमुख देविड व्हाइटले खेलकुदका लागि वर्तमान परिस्थिति दुखलाग्दो रहेको बताउनुहुँदै श्रृखंला स्थगित हुने सम्भावना उच्च रहेको जानकारी दिनुभयो ।
विश्वब्यापी रुपमा कोरोनाभाइरसको बढ्दो संक्रमणले हामीले आफू मात्रैलाई सुरक्षित नरही हाम्रो समुदायलाई पनि सुरक्षित राख्ने जिम्मेवारी रहेको उहाँले बताउनुभयो । मार्च दोस्रो साता अष्ट्रेलिया भ्रमणमा निस्केको न्युजिल्याण्ड क्रिकेट टोली कोरोनाभाइरस संक्रमणको त्रासमा पहिलो एकदिवसीय खेलेर श्रृखंलाको बीचमै स्वदेश फर्केको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?