logo
२०८१ बैशाख ७ शुक्रवार



लक्जमवर्गमा सार्वजनिक यातायात पूर्ण निशुल्क

अन्तर्राष्ट्रिय |


लक्जमवर्गमा सार्वजनिक यातायात पूर्ण निशुल्क


एजेन्सी
काठमाडौं, फागुन १९ गते । लक्जमवर्गको जनसंख्या छ लाख दुई हजार छ । जुन यूरोपेली राष्ट्रहरुमा जनसंख्याको हिसाबले सबैभन्दा सानो राष्ट्र हो । यद्दपी ऊ ट्राफिक जामको समस्याले यूरोपेली राष्ट्रहरुमै प्रमुखमध्ये पर्छ । तर अब भने परिवर्तन हुँदैछ । मार्च १, २०२० देखि सरकारले रेल, बससहितका सबै सार्वजनिक यातायात निशुल्क घोषणा गरेको छ । सरकारको यस्तो निर्णयले ट्राफिक जामको समस्यासँगै वातावरणीय फाइदा पनि पुग्ने सार्वजनिक कार्य मन्त्री डेनी फ्रयाङ्कले बताउनुभयो ।
भूपरिवेष्ठित राष्ट्र लक्जमवर्ग यूरोपको सबैभन्दा धनीमध्येका एक राष्ट्र हुन । जसको प्रतिव्यक्ति आय यूरोपेली राष्ट्रहरुमा सबैभन्दा बढी छ । लक्जमवर्गको कुल क्षेत्रफल दुई हजार ५८६ वर्गकिलोमिटर छ । बेल्जियम, फ्रान्स र जर्मनी जस्ता यूरोपेली राष्ट्रबाट करिब तीस मिनेट भित्र राजधानी लक्जमवर्ग शहर पुग्न सकिन्छ ।
उच्च आवास भाडा दरले लक्जमवर्ग शहरमा छिमेकी राष्ट्रहरुबाट प्रत्येक दिन कम्तिमा एक लाख ८० हजार व्यक्ति ओहोरदोहोर गर्छन् । सन् २०१६ को एक तथ्याङ्क अनुसार लक्जमवर्गमा प्रत्येक एकहजार व्यक्तिमा ६६२ जनासँग कार छन् । उक्त वर्ष ट्राफिक जाम हुँदा प्रत्येक चालकले औसतमा करिब ३३ घण्टा जाममा बिताउनुपरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?