logo
२०८१ बैशाख १३ बिहीवार



दोस्रो टेष्टबाट इशान्त शर्मा बाहिरिने

खेलकुद |


दोस्रो टेष्टबाट इशान्त शर्मा बाहिरिने


एजेन्सी
काठमाडौं, फागुन १६ गते । तिब्र गतिका बलर इशान्त शर्मा न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिएका छन् । दोस्रो टेष्ट खेल क्राइस्टचर्चमा शनिबारदेखि सुरु हुँदैछ ।
खुट्टाको चोटको कारण उहाँ दोस्रो टेष्ट म्याचबाट बाहिरिने सम्भावना बढेको जनाइएको छ । खुट्टाकै चोटको कारण शल्यक्रियापछि निको हुँदा उहाँलाई जनवरी २० मा न्युजिल्याण्ड विरुद्धको श्रृखंलाका लागि चयन गरिएको थियो । उक्त चोट निको हुन छ साता लाग्ने अनुमान गरिएको थियो । तर शर्माले चार सातामै फिटनेश परीक्षण पास गरी टोलीमा फर्किनुभएको थियो ।
उहाँको स्थानमा उमेश यादबले जसप्रित बुमराह र मोहम्मद सामीसँगै तिब्र गतिको बलिङको जिम्मेवारी सम्हाल्नुहुनेछ । शर्माले पहिलो टेष्टको पहिलो पारीमा पाँच विकेट लिनुभयो । जसप्रित बुमराह र मोहम्मद सामी दबाबमा पर्दा शर्माको ओभरमा न्युजिल्याण्डका ब्याट्सम्यान खुलेर खेल्न सकेका थिएनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?