logo
२०८० चैत्र १६ शुक्रवार



आर्सनल यूरोपा लिगबाट बाहिरियो

खेलकुद |


आर्सनल यूरोपा लिगबाट बाहिरियो


एजेन्सी
काठमाडौं, फागुन १६ गते । अवे गोलमा पछि परेपछि इंग्लीश क्लब आर्सनल यूरोपा लिगमा ओलम्पियाकोससँग हार बेहोरेको छ । हारसँगै ऊ राउण्ड अफ ३२ बाटै बाहिरिएको छ ।
घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग आर्सनलले बराबरी खेलेपनि ऊ अवे गोलमा पछि परेपछि खेल २–१ ले हार बेहार्न पुग्यो । ओलम्पियाकोस भने अन्तिम १६ को लागि स्थान सुनिश्चित गरेको छ । पहिलो लिगमा आर्सनलले १–० को जित निकाल्दा ओलम्पियाकोसले २–१ को जित हात पारेको थियो ।
बिहिबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ओलम्पियाकोसका लागि पपु एबोऊ सिसेले गोल गर्नुहुँदै महत्वपूर्ण अग्रता दिलाउनुभयो । दुबै टोलीले अवे गोल गरेका कारण खेल बराबरी हुँदा अतिरिक्त समयमा धकेलिन पुग्यो । ११३ औं मिनेटमा कप्तान पिएरे एमरिक अबामेयाङले गोल गर्नुहुँदै आर्सनललाई २–१ को अग्रता दिलाउनुभयो ।
इन्ज्युरी समयमा आर्सनल सन्तुलन गुमाउन पुग्दा ओलम्पियाकोसले बराबरी गोल गर्न सफल भयो । ओलम्पियाकोसका लागि यूसेफ अल अरबीले अवे गोल गर्नुहुँदै २–१ को जित सुनिश्चित गर्नुभयो र ओलम्पियाकोसलाई अन्तिम १६ मा पुर्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?