logo
२०८१ बैशाख ७ शुक्रवार



थिसारा परेराको पुनरागमन

खेलकुद |


थिसारा परेराको पुनरागमन


एजेन्सी
काठमाडौं, फागुन १६ गते । थिसारा परेरा श्रीलङ्काली टी ट्वान्टी टोलीमा फर्किनुभएको छ । भारत विरुद्धको श्रृखंलामा उहाँ टोलीमा अटाउनुभएको थिएन ।
श्रीलङ्काली क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा परेरासँगै तिब्र गतिका बलर नुवान प्रदीप र स्पिन बलिङ अलराउण्डर शेहान जयसूर्याको समेत पुनरागमन भएको छ । पाकिस्तानविरुद्धको श्रृखंलामा गत् वर्ष उत्कृष्ट प्रदर्शन गर्नुभएका ओपनर ब्याट्सम्यान भानुका राजपाक्षे र ओशादा फर्नान्डोले भने स्थान बनाउन सकेनन ।
थिसाराले यसअघि गत् वर्षको मार्च महिनामा टी ट्वान्टी खेलमा श्रीलङ्काको प्रतिनिधित्व गर्नुभएको थियो । लासिथ मलिंगाको नेतृत्वमा घोषित टोलीका सदस्यहरुमा अविष्का फर्नान्डो, कुशल परेरा, निरोशन डिकवेला, कुशल मैन्डिस, एन्जेलो म्याथ्युज, धनञ्जय डी सिल्भा, दसुन शनाका, वनिन्डु हसरङ्गा, लक्षण सन्दाकन, इसुरु उदाना, नुवान प्रदीप र लहिरु कुमारा रहेका छन् ।
एकदिवसीय श्रृखंला सकेपछि श्रीलङ्काले वेष्टइन्डिजसँगको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल मार्च ४ मा खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?