logo
२०८० चैत्र १५ बिहीवार



सन्दीप र पारसको वरियता खस्कियो, अलराउण्डरतर्फ सुधार

खेलकुद |


सन्दीप र पारसको वरियता खस्कियो, अलराउण्डरतर्फ सुधार


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको टी ट्वान्टीतर्फ खेलाडीको वरियतामा सन्दीप लामिछाने एक स्थान गुमाउनुभएको छ । बलिङ विधातर्फ आईसीसीको एक सय खेलाडीको सूचीमा नेपालको एकजना मात्रै सन्दीप लामिछाने पर्नुभएको छ । यसअघि पनि एकसय उत्कृष्टको सूचीमा नेपालबाट सन्दीप मात्रै हुनुहुन्थ्यो ।
आईसीसीले जारी गरेको नयाँ वरियतामा सन्दीप बलिङ विधातर्फ ८६ औं स्थानमा पुग्नुभएको छ । यसअघि उहाँ ८५ औं स्थानमा हुनुहुन्थ्यो । अफगानिस्तानका राशिद खान शिर्ष स्थानमा यथावत हुनुहुन्छ ।
आईसीसीले यसअघि माघ २० गते खेलाडीको टी ट्वान्टी वरियता जारी गरेको थियो । त्यसयता नेपालले कुनै अन्तर्राष्ट्रिय टी ट्वान्टी प्रतियोगिता खेल्न पाएको छैन् । इस्टर्न रिजन कपमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेको नेपाली टोलीले उक्त प्रतियोगिताको प्रदर्शनले आगामी वरियतामा उल्लेख्य भूमिका खेल्नेछन् ।
यसअघि ब्याटिङ् विधामा ६२ औं स्थानमा रहेका पूर्व कप्तान पारस खडका पनि एक स्थान गुमाउनुभएको छ । पारसको वरियता ६३ औं रहेको छ । ब्याटिङ विधामा नेपालबाट अर्को कुनै ब्याट्सम्यान एकसयको सूचीमा अटाएका छैनन् ।
अलराउण्डरतर्फ भने पारस खडका एक स्थानमाथि उक्लिनुभएको छ । यसअघि २७ औं स्थानमा रहनुभएका उहाँ अलराउण्डरको नयाँ वरियतामा अफगानिस्तानका गुलबद्दीन नइबसँगै २६ औं स्थानमा उक्लिनुभएको छ । अलराउण्डरतर्फ सोमपाल कामी ६६ औं र करण केसी ७४ औं स्थानमा हुनुहुन्छ । करण केसी एक स्थान माथि उक्लिन सफल हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?