logo
२०८१ बैशाख ७ शुक्रवार



आष्टन एगरसहित अष्ट्रेलियाली खेलाडीको वरियतामा सुधार

खेलकुद |


आष्टन एगरसहित अष्ट्रेलियाली खेलाडीको वरियतामा सुधार


एजेन्सी
काठमाडौं, फागुन १५ गते । अष्ट्रेलियाका देब्रे हातका स्पिनर आष्टन एगर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को बलिङ्को वरियतामा चौथो स्थानमा उक्लिनुभएको छ । देविड वार्नर, स्टिभ स्मिथ र मिसेल स्टारले पनि विश्व वरियतामा आ आफ्नो स्थानमा सुधार गर्नुभएको छ ।
दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी श्रृखंलामा आष्टन एगर उत्कृष्ट लयमा हुनुहुन्थ्यो । पहिलो टी ट्वान्टीमा उहाँले हयाट्रिकसहित पाँच विकेट लिनुभयो । उहाँले दोस्रो र तेस्रो टी ट्वान्टीमा तीन विकेट लिनुभएपछि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा श्रृखंला उचाल्न दिएन । आष्टन एगर दशौं स्थानबाट चौथो स्थानमा उक्लिनुभएको छ । अर्का स्पिनर एडम जाम्पा भने एकस्थान माथि उक्लिदै तेस्रो स्थानमा पुग्नुभएको छ । अफ्रिकी बलर तबरेज शम्सी पनि तीन स्थान माथि उक्लिदै पाँचौं स्थान प्राप्त गर्नुभएको छ ।
तीन टी ट्वान्टी खेलमा दुई अद्र्धशतकसहित १२८ रन बनाउनुभएका देविड वार्नर २५ औं स्थानबाट १८ स्थानमा उक्लिनुभएको छ । उहाँसँगै ओपनिङ् गर्नुहुने अष्ट्रेलियाली कप्तान आरोन फिञ्च तेस्रो स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा भारतीय ब्याट्सम्यान करण लोकेश राहुल हुनुहुन्छ । पाकिस्तानका बाबर आजम शिर्ष स्थानमा यथावत रहेका छन् ।
सन् २०१८ मा निलम्बनबाट फर्किएपछिको छ खेलमा २५० रन बनाउनुभएका अष्ट्रेलियाकै अर्का ब्याट्सम्यान स्टिभ स्मिथले पनि आफ्नो वरियतामा सुधार गर्नुहुँदै ७८ औं स्थानबाट ५३ औं स्थानमा उक्लिनुभएको छ ।
टी ट्वान्टी वरियताको शिर्ष १०० को सूचीमा नेपालका एक मात्र ब्याट्सम्यान पारस खडका ६३ औं स्थानमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?