logo
२०८१ बैशाख १३ बिहीवार



देविड वार्नर हैदराबादको कप्तान नियुक्त

खेलकुद |


देविड वार्नर हैदराबादको कप्तान नियुक्त


एजेन्सी
काठमाडौं, फागुन १५ गते । अष्ट्रेलियाली ब्याट्सम्यान देविड वार्नर इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादको कप्तान नियुक्त हुनुभएको छ । प्रिमियर लिगको अघिल्लो दुई संस्करणमा हैदराबादको नेतृत्व न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सनले गर्नुभएको थियो ।
हैदराबादले बिहिबार उक्त जानकारी सार्वजनिक गर्दै वार्नर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि उहाँलाई कप्तानको जिम्मेवारी सुम्पिएको जनाएको छ । अष्ट्रेलियामा बल कोट्याएको प्रकरणमा वार्नर र स्टिभ स्मिथ मुछिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले दुबैजनालाई निलम्बन गरेको थियो । लगत्तै भएको प्रिमियर लिगको २०१८ को संस्करणमा केन विलियम्सनले कप्तानी गर्नुभएको थियो ।
विलियम्सनको कप्तानीमा हैदराबाद प्रिमियर लिगको २०१८ को संस्करणमा फाइनलसम्म पुगेको थियो । उपाधिको होडमा हैदराबाद चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । २०१९ को संस्करणमा विलियम्सनको हैदराबाद एलिमिनेटरसम्म पुग्दा उपाधिको होडमा स्थान सुरक्षित गर्न देल्हीसँग हार बेहोरेको थियो ।
उक्त संस्करणमा हैदराबादको प्रतिनिधित्व गर्नुभएका विलियम्सनले प्रतियोगितामै सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान घोषित हुनपुगेको थियो । उहाँले ७३५ रन बनाउनुभएको थियो ।
वार्नरले यसअघि सन् २०१५ देखि २०१७ सम्म प्रिमियर लिगमा हैदराबादको नेतृत्व गर्नुभएको थियो । सन् २०१६ को संस्करणमा वार्नरकै नेतृत्वमा हैदराबाद प्रिमियर लिगको च्याम्पियन बनेको थियो । वार्नरले ४५ म्याचमा हैदराबादको नेतृत्व गर्नुभएकोमा २६ खेलमा जित हात पारेको छ । विलियम्सनले नेतृत्व गर्नुभएको २६ खेलमध्ये १४ मा जित हात पारेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?