logo
२०८१ बैशाख १३ बिहीवार



मारिया शारापोभाद्वारा सन्यासको घोषणा

खेलकुद |


मारिया शारापोभाद्वारा सन्यासको घोषणा


एजेन्सी
काठमाडौं, फागुन १५ गते । पाँच पटकको ग्राण्डस्लाम उपाधि विजेता मारिया शारापोभा अन्तर्राष्ट्रिय टेनिसबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँलाई केन्द्रित गरीे लेखिएको एक लेखमा शारापोभाले काँधको समस्याले आफ्नो शरीर विक्षिप्त भएको प्रतिक्रिया दिनुभएको छि ।
३२ वर्षीया रुसी शारापोभा पहिलोपटक सन् २००४ मा विम्ब्ल्डन जित्दा मात्र १७ वर्षकी हुनुहुन्थ्यो । उहाँले सन् २०१२ मा फ्रेञ्च ओपनको उपाधि जितेपछि विश्वको चारवटै टेनिसको प्रमुख उपाधि जित्न सफल हुनुभयो । सन् २०१७ मा प्रतिबन्धबाट फर्किएपछि पटक पटक घाइते हुन पुग्दा उहाँले उत्कृष्ट लय समात्न सक्नुभएन ।
सन् २०१५ मा मेलोडियम सेवन गरेको पुष्टि भएपछि उहाँमाथि १५ महिनाको प्रतिबन्ध लगाइएको थियो ।
लगत्तै उहाँले सन् २००२ मा क्यारियर सुरु गरेको समयभन्दा पनि खराब लयमा पुग्दै विश्व वरियतामा ३७३ औं स्थानमा धकेलिनुभयो । र अहिले उहाँ पछिल्लो तीन ग्राण्डस्लामको पहिलो राउण्डबाटै बाहिरिनुभयो ।
सन्यासको घोषणा गर्दै उहाँले भन्नुभयो, “म यसमा नयाँ छु, मलाई क्षमा गर्नुहोला र म टेनिसलाई विदा भन्न चाहन्छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?