logo
२०८० चैत्र १६ शुक्रवार



अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु

अन्तर्राष्ट्रिय |


अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु


बामाको
फागुन ३ गते । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको अधिकारीले बताएका छन् ।
द्वन्द्वग्रस्त मालीको मध्य क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरुको भनाई छ ।
ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको मृत्यु भएको थियो । गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को मृत्यु भएको थियो । सरकारी अधिकारीहरुले मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?