logo
२०८१ बैशाख १२ बुधवार



दक्षिण अफ्रिकाद्वारा पाकिस्तान भ्रमण तालिका फित्र्ता

खेलकुद |


दक्षिण अफ्रिकाद्वारा पाकिस्तान भ्रमण तालिका फित्र्ता


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । दक्षिण अफ्रिका क्रिकेट बोर्डले क्रिकेट टोलीको पाकिस्तान भ्रमण गर्ने तालिका फित्र्ता लिएको छ । खेलाडीमा कामको दबाब रहेकोले उक्त भ्रमण तालिका फित्र्ता लिएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।
दक्षिण अफ्रिकाको पाकिस्तान भ्रमणमा आवासीय चुनौती देखिएको थियो । दक्षिण अफ्रिका क्रिकेटले खेलाडीको सुरक्षालाई लिएर आगामी साता नै पाकिस्तानमा एक टोली पठाउने योजना बनाएको थियो ।
दक्षिण अफ्रिकी क्रिकेट टोलीले पाकिस्तानको रावलपिण्डीमा मार्च अन्तिम साता तीन टी ट्वान्टी श्रृखंला खेल्न पाकिस्तान जाने तालिका थियो । दक्षिण अफ्रिकी क्रिकेट टोलीको भारत भ्रमणको तालिका मार्च १८ मा सकिनेछ । तर पाकिस्तानमा २२ मार्चसम्म सुपर लिग चल्नेछन् । दक्षिण अफ्रिकी टोली लामो समयसम्म रिक्त बस्न आश्वस्त नहुँदा पाकिस्तान क्रिकेट बोर्डले २२ मार्चसम्म यूएईमा आवासीय व्यवस्था मिलाउने बताएको थियो । तर खेलाडीमा कामको दबाब रहेको जनाउँदै अफ्रिकी बोर्ड उक्त तालिका फित्र्ता लिएको जनाएको छ ।
दक्षिण अफ्रिकी क्रिकेट टोलीले भारतमा तीन म्याचको एकदिवसीय श्रृखंला खेल्नेछन् । श्रृखंलाको अन्तिम एकदिवसीय मार्च १८ मा हुनेछ । दक्षिण अफ्रिकाले अहिले इंग्ल्याण्ड विरुद्धको चार म्याचको टेष्ट, तीन म्याचको एकदिवसीयपछि दुई म्याचको टी ट्वान्टी श्रृखंला खेल्दैछ । इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला समाप्त भएको पाँच दिन नबित्दै दक्षिण अफ्रिकाको घरेलु मैदानमा अष्ट्रेलियाली टोली आइपुग्नेछ । अष्ट्रेलियासँग उसले मार्च सातसम्म तीन टी ट्वान्टी र केही एकदिवसीय म्याच खेल्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?