logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तान विरुद्ध आयरल्याण्ड क्रिकेट टोलीको घोषणा

खेलकुद |


अफगानिस्तान विरुद्ध आयरल्याण्ड क्रिकेट टोलीको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । आयरल्याण्डले अफगानिस्तान विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि टोलीको घोषणा गरेको छ । टी ट्वान्टीको साबिक विजेता वेष्टइन्डिज विरुद्धको पछिल्लो श्रृखंलामा आयरल्याण्डले खेलेको टोलीका अधिकांश सदस्य अफगानिस्तानसँगको श्रृखंलामा उत्रिनेछन् । आयरल्याण्ड बोर्डका अनुसार मार्क अदैरको स्थानमा शेन गेटकैटलाई स्थान दिइएको छ ।
आयरल्याण्डको टोलीले अफगानिस्तानसँगको तीन म्याचको टी ट्वान्टी श्रृखंला खेल्न भारत आउनेछ । भारतको ग्रेटर नोएडा अफगानिस्तानका लागि विदेशस्थित घरेलु मैदान नै बनेको छ । दुबै टोलीबीचको पहिलो टी ट्वान्टी छ मार्च, २०२० का दिन खेलाइनेछ ।
आयरल्याण्डको पुरुष टोलीका छनोट समितिका अध्यक्ष एन्ड्रयु व्हाइटले विश्वकप टी टवान्टीको पूर्वसन्ध्यामा वातावरणमा घुलमिल गर्न आयरल्याण्डको टोली भारतमा खेल्न आउन लागेको बताउनुभयो ।
एन्ड्रयु बल्ब्रिनको कप्तानीमा घोषित टोलीका सदस्यहरुमा गैरथ डेलेनी, जर्ज डक्रैल, जोश लिटल, बैरी म्याक्कार्थि, केभीन ओ ब्रायन, बोयड रैन्किन, सीमी सिंह, पौल स्टर्लिङ, हयारी टेक्टर, लार्कन टक्कर, गैरी विल्सन र क्रैग योङ रहेका छन् ।
आयरल्याण्डले पछिल्लो महिना वेष्टइन्डिज विरुद्धको दुई खेलको टी ट्वान्टी श्रृखंला १–१ को बराबरी खेलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?