logo
२०८१ बैशाख १३ बिहीवार



टुंगिदै ए डिभिजन लिगको जारी संस्करण

खेलकुद |


टुंगिदै ए डिभिजन लिगको जारी संस्करण
तस्विर सौजन्य:एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्यूरोड टिमलाई हराएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा शेर्पाले न्यूरोडमाथि २–१ को जित हात पार्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा न्यूरोडले सुरुवाती अग्रता लिएपनि खेलमा सन्तुलन कायम राख्न नसक्दा हार बेहोर्न पुग्यो । खेलको ३१ औं मिनेटमा न्यूरोडका लागि राजेश परियारले गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल गर्दै खेल १–१ को स्थितिमा पुर्यायो । शेर्पाका लागि स्टिफनले बराबरी गोल गर्नुभयो ।
पहिलो हाफकै इन्ज्युरी समयको पहिलो मिनेटमा त्रिदेव गुरुङले गोल गर्नुहुँदै शेर्पालाई २–१ को अग्रता दिलाउनुभयो । जितसँगै शेर्पाले १३ खेलबाट १४ अङ्क बटुलेको छ । न्यूरोड टिम भने १३ खेलबाट १५ अङ्कसहित शेर्पाभन्दा एक स्थानमाथि नवौं स्थानमा रहेको छ ।
शुक्रबार नै सम्पन्न दोस्रो खेलमा थ्री स्टारले जित निकालेको छ । उसले च्यासल युथ क्लबमाथि २–० को जित हात पार्यो । थ्री स्टारको जितमा अनन्त तामाङ र भारतीय खेलाडी लाल रमावियाले गोल गर्नुभयो ।
च्यासललाई हराएर थ्री स्टार १३ खेलबाट २६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लेको छ । उसले आठमा जित, दुई बराबरी र तीन खेलमा हार बेहोरेको छ ।
शुक्रबारका लागि निर्धारित तेस्रो खेलमा मनाङ मस्र्याङदीले जावलाखेल युथ क्लबको सामना गर्दैछ । मनाङको २५ अङ्क छ । उसले जावलाखेलमाथि जित हात पार्न सके तेस्रो स्थानमा उक्लिनेछ भने थ्री स्टार चौथो स्थानमा झर्नेछ ।
शिर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २९ अङ्क छ । दोस्रो स्थानमा मच्छिन्द्र युथ क्लब रहेको छ । दुबै टोलीले उपाधिको लागि शनिबार दशरथ रङ्गशालामा भिड्नेछन् । उक्त खेल अपरान्ह दुई बजेबाट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?