logo
२०८० चैत्र १६ शुक्रवार



चीनमा फरमुला वानसँगै एक दर्जन प्रतियोगिता स्थगित

खेलकुद |


चीनमा फरमुला वानसँगै एक दर्जन प्रतियोगिता स्थगित


एजेन्सी
काठमाडौं, फागुन १ गते । सन् २०२० को चिनियाँ ग्राण्ड प्रिक्स स्थगन गरिएको छ । कोरोना भाइरसको संक्रमणको कारणले ग्राण्ड प्रिक्स स्थगित गरिएको फरमुला वानले जनाएको छ । कोरोना भाइरसको संक्रमणले टोक्यो ओलम्पिकको छनौट खेलअतिरिक्त घरेलु खेलकुदको आधा दर्जन बढी प्रतियोगिताहरु स्थगित गरिएको छ ।
चिनियाँ ग्राण्ड प्रिक्स प्रवर्तक ‘जस्स स्पोर्टस् ग्रुप’को आग्रहमा आयोजक फरमुला वान र खेलकुद सञ्चालक गर्ने निकायले सांघाइमा आयोजना हुने फरमुला वान ‘रेस’ स्थगन गर्ने निर्णयमा पुगेको हो । उक्त रेस अप्रिल १७ देखि १९ सम्म सांघाइमा हुने निर्धारण गरिएको थियो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई लिएर विश्वब्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको छ ।
एफ वानले एक वक्तब्य जारी गरी चिनियाँ ग्राण्ड प्रिक्स फरमुला वानको वार्षिक क्यालेण्डरको महत्वपूर्ण भाग रहेको र चिनियाँ प्रशसंक एवम् समर्थक अतुलनीय रहेको जनाएको छ । यद्दपी सक्दो छिटो फरमुला वान रेस आयोजना गर्नेमा आफूहरु आशावादी रहेको जनाउँदै एफ वानले समस्याग्रस्त समयमा चिनियाँ नागरिकको सफल स्वास्थ्यको कामना गरेको छ ।
चीनमा फरमुला वान स्थगित भएपछि उसको वार्षिक सत्रमा करिब चार साता रिक्त हुन पुगेको छ । सन् २००४ मा पहिलो पटक आयोजना भएपछि चिनियाँ ग्राण्ड प्रिक्स सांघाइस्थित अन्तर्राष्ट्रिय सर्किटमा हुँदै आएको छ ।
फरमुला वान अघि चीनमै आयोजना हुँदै आएको फरमुला इ समेत स्थगित भइसकेको छ । जुन मार्च २१ का लागि चीनको सान्यामा हुने निर्धारण गरिएको थियो ।
चिनियाँ ग्राण्ड प्रिक्स र फरमुला इ जस्ता अन्तर्राष्ट्रिय स्पर्धा अतिरिक्त चीनको घरेलु खेलकुदमा समेत कोरोना भाइरसको संक्रमणले नराम्ररी प्रभाव पारेको छ । चीनको घरेलु फुटबल प्रतियोगिता चिनियाँ सुपर लिग समेत स्थगित गरिएको छ । चीनमा हुने निर्धारण गरिएको ओलम्पिकको फुटबल विधाको छनौट खेल अष्ट्रेलियाको सिड्नीमा सारिएको छ ।
अन्तर्राष्ट्रिय बास्केटबल संघले चीनको फोशानका लागि निर्धारित ओलम्पिकको छनौट खेलहरु सर्बियाको बेलग्रेडमा सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?