logo
२०८१ बैशाख ८ शनिवार



अफगानिस्तानका मो. शहजाद चितवनका लागि खेल्ने

खेलकुद |


अफगानिस्तानका मो. शहजाद चितवनका लागि खेल्ने


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगका लागि अफगानिस्तानका विकेटकीपर ब्याट्सम्यान मोहम्मद शहजादलाई अनुबन्ध गरेको छ । शहजाद अफगानिस्तान क्रिकेट टोलीका लागि ओपनिङ्ग ब्याटिङ्ग गर्नुहुन्छ ।
चितवन टाइगर्सका निर्देशक बिनिता चौधरी भट्टराईले मोहम्मद शहजादलाई भित्र्याएको जानकारी गराउनुहुँदै आगामी दिनमा थप दुई विदेशी खेलाडीबारेको निर्णय टुंग्याउने बताउनुभएको छ । प्रिमियर लिगमा एक टोलीले तीन जनासम्म विदेशी खेलाडीलाई अन्तिम एघारमा स्थान दिन पाउने तय गरिएको छ । शहजादले अफगानिस्तानको प्रतिनिधित्व गरी दुई टेष्ट, ८४ अन्तर्राष्ट्रिय एकदिवसीय र ६५ टी ट्वान्टी खेल्नुभएको छ ।
चितवन टाइगर्समा तिब्र गतिका बलर कमलसिंह ऐरी, दिलीपनाथ, ललितसिंह भण्डारी, सन्दीप सुनार, भिम सार्की, इशान पाण्डे, साहब आलम लगायतका फुलटाइमर खेलाडी हुन् ।
एकै दिन दुई टी ट्वान्टी खेलमा सहभागी भएर दुबैमा अद्र्धशतक लगाउनुभएको अनौठो कीर्तिमान उहाँको नाममा रहेको छ । सन् २०१७ को जनवरीमा ओमानसँग सेमीफाइनलमा र साँझ आयरल्याण्डसँग फाइनलमा अद्र्धशतक लगाउनुभएको छ । उहाँकै अद्ध्र्रशतकको सहयोगमा दुबईमा सम्पन्न डिजर्ट टी ट्वान्टीको उपाधि अफगानिस्तानले उचाल्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?