logo
२०८० चैत्र १६ शुक्रवार



सरस्वती क्लबको हिमालयन शेर्पामाथि ४–३ को जित

खेलकुद |


सरस्वती क्लबको हिमालयन शेर्पामाथि ४–३ को जित


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । सहिद स्मारक ए डिभिजन लिगको पुछारमा रहेको सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । पुछारमा रहेको सरस्वतीले जित हात पारेसँगै पुछारकै अन्य टोलीमाथि भने दबाब परेको छ ।
गोल संख्या उच्च भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हरायो । यद्दपी ऊ पुछारबाट भने उक्लन सकेको छैन् । सरस्वतीको चार अङ्क छ । पाँच अङ्कसहित हिमालयन शेर्पाले लिग तालिकाको दोस्रो स्थानमा छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वतीका लागि काजिम बुसारीले दुई, विनोद केसी र मनिष थापाले एक एक गोल गर्नुभयो । हिमालयनका लागि आशिष गुरुङ्, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?