logo
२०८० चैत्र १६ शुक्रवार



अफ्रिका विरुद्धको श्रृखंला इंग्ल्याण्डले उचाल्यो

खेलकुद |


अफ्रिका विरुद्धको श्रृखंला इंग्ल्याण्डले उचाल्यो


एजेन्सी
काठमाडौं, माघ १४ गते । इंग्ल्याण्डले दक्षिण अफ्रिको विरुद्धको चौथो टेष्ट खेल १९१ रनले जितेको छ । जितसँगै इंग्ल्याण्डले चार म्याचको श्रृखंला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको ४६६ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका मात्र २७४ रनमा समेटिएपछि उसले घरेलु मैदानमा हार बेहोर्न पुग्यो । विशाल लक्ष्य पछ्याउने क्रममा खेलको चौथो दिन ८९ रनमै दुई विकेट गुमाउँदा भान डर दुस्सैनले फाफ डु प्लेसिससँग ९१ रनको साझेदारी गरेर अफ्रिकी पारी सम्हाल्ने प्रयास गर्नुभयो । तर डु प्लेसिस मात्र ३५ रन बनाएर पेभेलियन फर्किदा अफ्रिकी पारी धरमराएको थियो । दुस्सैनले सर्वाधिक ९८ रनको योगदान दिनुभयो ।
अफ्रिकालाई २७४ रनमा रोक्न मार्क ऊडले सर्वाधिक चार विकेट लिनुभयो । बेन्न स्टोक्स र स्टुअट ब्रोडले सामान दुई दुई तथा क्रिस वोक्सले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ४०० रनको योगफल तयार गरेको थियो । अफ्रिकाले भने आफ्नो पहिलो पारीमा मात्र १८३ रनमा समेटिन पुग्यो । पहिलो पारीमा २१७ रनको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो पारीमा २४८ रनमा सीमित भएपछि अफ्रिकाले ४६६ रनको लक्ष्य पाएको थियो ।
खेलको म्यान अफ द् म्याच मार्क ऊड र म्यान अफ द् सेरिज बेन्न स्टोक्स घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?