logo
२०८० चैत्र १५ बिहीवार



एपीएफमाथि पुलिसको जित

खेलकुद |


एपीएफमाथि पुलिसको जित


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १३ गते । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले एपीएफ क्लबमाथि जित हात पारेको छ । पुलिसले एपीएफमाथि १–० को जित हात पारेको हो ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा पुलिसले भोला सिलवालको गोलमा अग्रता बनाउन सफल भयो । कर्नर प्रहारमा हेडर गर्ने क्रममा राजन गुरुङले १३ औं मिनेटमा भरत शाहलाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई सिलवालले गोलमा परिणत गर्दै खेलमा १–० को अग्रता कायम गर्यो ।
३८ औं मिनेटमा आशिष लामाको फ्रिकिक बाहिरिदा एपीएफले बराबरी गर्नबाट चुक्यो । पहिलो हाफमा पछाडि पर्दा एपीएफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै गोल गर्ने अवसर सृजना गरेको थियो । तर पुलिसको रक्षात्मक पद्धती अगाडि एपीएफले अवसरलाई गोलमा परिणत गर्न सफल हुन सकेनन । खेल सकिएपछि रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि एपीएफका सुदिप सिख्राकारले रातो कार्ड पाउनुभयो ।
जितसँगै पुलिसले नौ खेलबाट १४ अङ्क बटुलेको छ । पुलिसले चार जित र दुई खेलमा बराबरी खेल्दै अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफ भने पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?