logo
२०८१ बैशाख १२ बुधवार



हेलिकप्टर दुर्घटनामा महान खेलाडी कोबे ब्रिन्टको निधन

खेलकुद |


हेलिकप्टर दुर्घटनामा महान खेलाडी कोबे ब्रिन्टको निधन


एजेन्सी
माघ १३ गते । अमेरिकी बास्केटबलका महान खेलाडी कोबे ब्रिन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उहाँसँगै ब्रिन्टकी १३ वर्षीया छोरी जिआनाको पनि दुर्घटनामा निधन भएको बीबीसीले जनाएको छ ।
४१ वर्षीय ब्रिन्टसहित नौ जना चढेको उक्त हेलिकप्टरमा क्यालिफोर्नियाको कलबसास शहरमा अवतरण गर्दा आगोको लप्का उठ्दै विष्फोट हुन पुगेको थियो । लस एन्जेलेसको काउन्सी शेरिफका अनुसार हेलिकप्टर दुर्घटनामा कोही जिवित फेला परेको छैन् । अमेरिकामा बास्केटबल खेल प्रेमी र खेलाडी घटनाबाट स्तब्ध भएका छन् ।
ब्रिन्ट अमेरिकाको नेशनल बास्केटबल अशोसिएशन प्रतियोगितामा पाँच पटक उपाधि हात पार्नुभएको थियो । उहाँको निधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातलाग्दो समाचार भन्दै प्रतिक्रिया दिनुभएको छ । अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले कोर्टका हस्तीको निधनले दुख लागेको बताउनुभएको छ ।
आठ पटक ओलम्पिकको स्वर्ण पदक विजेता उस्सैन बोल्टले समाचार अपत्यारिलो रहेको टिप्पणी गर्नुभयो । उहाँको निधनमा फुटबलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र क्रिकेटर विराट कोहलीले स्तब्ध भएको जनाउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?