logo
२०८१ बैशाख १२ बुधवार



रोनाल्डोको दोहोरो गोलमा जुभेन्ट्स सेरी ए को शिर्ष स्थानमा

खेलकुद |


रोनाल्डोको दोहोरो गोलमा जुभेन्ट्स सेरी ए को शिर्ष स्थानमा


एजेन्सी
काठमाडौं, माघ ६ गते । क्रिष्टियानो रोनाल्डोले सेरी ए को लगातार सातौं खेलमा गोल गरेपछि जुभेन्ट्सले पार्मामाथि जित हात पारेको छ । घरेलु मैदानमा जुभेन्ट्सले पार्मामाथि २–१ को जित हात पार्यो ।
जितसँगै जुभेन्ट्स इटाली सेरी ए को शिर्ष स्थानमा आफ्नो पकडलाई यथावत् राखेको छ । जुभेन्ट्सले २० खेलबाट ५१ अङ्क जोडेको छ । त्यत्तिकै खेलबाट ४७ अङ्क जोडेको इन्टर मिलान दोस्रो स्थानमा छन् । लाजिओ भने १९ खेलबाट ४५ अङ्क बटुल्दै तेस्रो स्थानमा रहेको छ ।
हाफ टाइम हुनुभन्दा दुई मिनेट अघि माटियो डर्मिनले गर्नुभएको प्रहार उछिट्टिन प्रहारलाई क्रिष्टियानो रोनाल्डोले गोलपोष्टको दिशा दिनुभयो । ५५ औं मिनेटमा आन्द्रेज कोर्निलसले पार्माका लागि गोल गर्दा खेल १–१ को बराबरीमा पुग्यो । बराबरीमा पुगेको तीन मिनेट नबित्दै रोनाल्डोले पाउलो डीबालाको पासलाई गोलमा परिणत गर्दा जुभेन्ट्सलाई २–१ को अग्रतासँग जित दिलाउन पर्याप्त रह्यो ।
पार्माका गोलरक्षक लुइगि सेपेले उत्कृष्ट बचाब गरेपछि पोर्चुगिज फरवार्ड रोनाल्डोकोे हयाट्रिक गर्ने अवसर खेर गयो । दिनको सुरुमै इन्टर मिलानलाई माउरिजिओ सार्रीको लिचले १–१ को बराबरीमा रोक्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?