logo
२०८१ बैशाख ८ शनिवार



संकटासँग बराबरी खेल्दै आर्मीले अङ्क बाँड्यो

खेलकुद |


संकटासँग बराबरी खेल्दै आर्मीले अङ्क बाँड्यो


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २९ गते । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तगर्त छैठौं चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी र संकटा क्लब बराबरीमा रोकिएका छन् । दुबै टोलीले १–१ को बराबरी खेलेको हो ।
दशरथ रङ्गशालामा मंगलबार सम्पन्न एक मात्र सम्पन्न खेलमा त्रिभुवन आर्मी बराबरीमा रोकिदा ऊ अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिने अवसर समेत गुमाएको छ । पाँचौं चरणमा शिर्ष स्थानमा रहेको आर्मीले १३ अङ्कसहित शिर्ष स्थानको मच्छिन्द्रसँगै अङ्क बराबरी गरेको छ । संकटा भने ८ अङ्कसहित आठौं स्थानमा रहेको छ ।
खेलको पहिलो हाफमा नै त्रिभुवन आर्मीले १–० को अग्रता लियो । नवयुग श्रेष्ठको गोलमा अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा उक्त अग्रतामा कायम रहन सकेन । नवयुगले २९ औं मिनेटमा फ्रीकिक मार्फत् आएको बललाई हेड गर्दै गोलमा परिणत गर्नुभयो ।
दोस्रो हाफको सुरुमै आर्मीका युद्ध शाही रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मीलाई धक्का लाग्यो । पहिलो हाफको १० औं मिनेटमा पहिलो पहेलो कार्ड पाउनुभएका युद्धले ५१ औं मिनेटमा दोस्रो पहेंलो कार्डसँगै मैदानबाट बाहिरिनुभयो । आर्मी दश खेलाडीमा सीमित हुनपुग्यो ।
संकटाका अमित तामाङले ५५ औं मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो । पेनाल्टी बक्समा सुमन अर्यालले हयाण्ड गरेपछि संकटाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई अमितले गोलमा परिणत गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो ।
८० औं मिनेटमा आर्मीका नवयुगको स्थानमा भरत खवास मैदान प्रवेश गर्नुभयो । र मैदान प्रवेश गरेको मिनेटमै उहाँ घाइते हुनुभयो ।
दश खेलाडीमा सीमित आर्मी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?