logo
२०८१ बैशाख ८ शनिवार



श्रीलङ्काली क्रिकेट टोलीका प्रशिक्षक हथुरुसिंघे निकालिए

खेलकुद |


श्रीलङ्काली क्रिकेट टोलीका प्रशिक्षक हथुरुसिंघे निकालिए


एजेन्सी
काठमाडौं, पुस २९ गते । श्रीलङ्कन क्रिकेटले प्रमुख प्रशिक्षक चण्डीका हथुरुसिंघेलाई सम्झौता बमोजिम समय छदै हटाउने तयारी गरेको छ । श्रीलङ्काली क्रिकेटको शुक्रबार बसेको कार्यकारी बैठकले उहाँको अनुबन्धन समाप्त गर्ने निर्णय गरेको कार्यकारी प्रमुख आश्ले डी सिल्भाले बताउनुभयो ।
श्रीलङ्काले हथुरुसिंघेलाई गत् अगष्टमै बर्खास्त गरेको थियो । यद्दपी श्रीलङ्काली क्रिकेटले उहाँलाई महिनौंसम्म भुक्तानी दिदै आएको थियो । उहाँलाई क्रिकेट श्रीलङ्काले २०२० को अन्त्यसम्मका लागि अनुबन्धन गरेको थियो । तर प्रदर्शन सन्तोषजनक नभएपछि बोर्ड बैठकबाट हटाउने निर्णय गरिएको हो ।
श्रीलङ्का बोर्डले भने मुख्य प्रशिक्षकको रुपमा हथुरुसिंघेले निर्वाह गर्नुभएको भूमिका सन्तोषजनक नरहेको बताउँदै आएको छ । क्रिकेट श्रीलङ्काले उहाँमाथि खेलाडीसँग पनि राम्रो सम्बन्ध बनाउन नसकेको आरोप लगाएको छ । हथुरुसिंघेले भने खेलकुदका लागि मध्यस्थता गर्ने निकाय सी ए एस पुगेर सम्झौता बमोजिमको क्षतिपूर्ति माग गर्ने सोचमा पुग्नुभएको छ ।
बिगत् पाँच वर्षमा श्रीलङ्काले तेस्रो पटक प्रमुख प्रशिक्षकबाट असन्तुष्ट रही समय छदै पदबाट हटाउन पुगेको हो । यसअघि २०१५ मा मार्भन अट्टापट्टु र २०१७ मा ग्राहम फोर्डलाई हटाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?