logo
२०८१ बैशाख ८ शनिवार



जोफ्रा आर्चरमाथि रङ्गभेदी टिप्पणी गर्नेलाई दुई वर्षको प्रतिबन्ध

खेलकुद |


जोफ्रा आर्चरमाथि रङ्गभेदी टिप्पणी गर्नेलाई दुई वर्षको प्रतिबन्ध


एजेन्सी
काठमाडौं, पुस २९ गते । इंग्ल्याण्डका बलर जोफ्रा आर्चरमाथि रङ्गभेदी टिप्पणी गर्ने ब्यक्तिमाथि दुईवर्षको प्रतिबन्ध लगाइएको छ । अकल्याण्डका २८ वर्र्षीय एक ब्यक्तिलाई उक्त आरोपमा घरेलु र अन्तर्राष्ट्रिय खेलमा दर्शकको रुपमा उपस्थित हुन नहुने गरी दुई वर्षको लागि प्रतिबन्ध लगाइएको हो ।
गत् नोभेम्बर महिनामा न्युजिल्याण्ड विरुद्धको टेष्ट खेलको पाँचौं दिन जोफ्रा आर्चरमाथि एकजना खेल प्रशंसकले रङ्गभेदी टिप्पणी गरेका थिए । आर्चरले उक्त टिप्पणीबारे गुनासो गरेपछि क्रिकेट न्युजिल्याण्डको आग्रहमा प्रहरीले अनुसन्धान थालेको थियो । क्रिकेट न्युजिल्याण्डले एक विज्ञप्ती जारी गरी टिप्पणी गरेको ब्यक्तिलाई चिठी लेखेर दुईवर्षको लागि प्रतिबन्ध बारे जानकारी गराएको उल्लेख गरेको छ । उक्त प्रतिबन्धको उल्लघंन भए थप प्रहरी कारबाही हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्रिकेट न्युजिल्याण्डका प्रवक्ता एन्थोनी क्रमीले उक्त घटनाप्रति दुख ब्यक्त गर्दै इंग्ल्याण्ड टिम व्यवस्थापन र जोफ्रा आर्चर समक्ष क्षमाको याचना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?